एक वर्षमा डेढ खर्ब लगानीका उद्योग दर्ता
काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ