पहेँलो धातु सुनको मूल्यमा वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ