क्वाटीको व्यापार ह्वात्तै घटेकोमा व्यापारीहरु चिन्तित
काठमाडौँ । जनै पूर्णिमाको रातमा खाने क्वाटीको व्यापार ह्वात्तै घटेकोमा व्यापारीहरु चिन्तित भएका छन् । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको गुनासो गरे ।