अहेवको एसएलसीको प्रमाण पत्र नक्कली भएको भन्दै आरोप पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नकाली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै मुद्धा दायर गरेको हो ।