स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा. मीनेन्द्र रिजाल
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ ।