अफगानिस्तानमा चार प्रहरीसहित छ जना मारिए
अफगानिस्तान, अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ । उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ