काबुलस्थित एक मन्त्रालयमा विष्फोट
अफगानिस्तान, तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि अफगानिस्तानको राजधानी काबुलमा रहेको सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले शनिबार आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन् । शनिवार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो ।