प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो ।
सातौंपटक प्लाज्मा फेरेसिसस आज भएपछि रिपोर्ट पनि आजै आएको थियो । उहाँको स्वास्थ्यको रिपोर्ट सामान्य रहेको छ ।
स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुको सुझाब पछि प्रधानमन्त्री ओली शुक्रबार १२.१५ बजे थाइ एअरको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भन्दै नेकपाका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतम पनि सिंगापुर जानुभएको छ । दुबै नेता प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।