राष्ट्रपति राजापाक्षेले आफ्नै दाईलाई बनाए प्रधानमन्त्री
कोलम्बो, श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति हुनुभएको थियो