जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका , २२ हजार ११५, ५ लाख ६० हजार ४३३, ३२ हजार ६३४
स्पेन, १७ हजार २०९, १ लाख ६६ हजार ८३१, ६२ हजार ३९१
इटाली ,१९ हजार ८९९ , १ लाख ५६ हजार ३६३, ३४ हजार २११
फ्रान्स ,१४ हजार ३९३, १ लाख ३२ हजार ५९१, २७ हजार १८६
जमर्नी, ३ हजार २२, १ लाख २७ हजार ८५४, ६० हजार ३००
बेलायत, १० हजार ६१२, ८४ हजार २७९, ३४४
चीन, ३ हजार ३४१, ८२ हजार १६०, ७७ हजार ६६३
इरान, ४ हजार ४७४, ७१ हजार ६८६, ४३ हजार ८९४
टर्की, १ हजार १९८, ५६ हजार ९५६, ३ हजार ४४६
बेल्जियम, ३ हजार ६००, २९ हजार ६४७, ६ हजार ४६३
(रासस÷एपी÷एएफपी)
























