भारत र भुटानबीच विकास सहकार्य बारे उच्चस्तरीय छलफल
नयाँदिल्ली, भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्विपक्षीय छलफल दोस्रो हो ।