गाजामा पछिल्लो २४ घन्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु
गाजा । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।