चुनावी सभालाई सम्बोधन गर्न प्रम देउवा डडेल्धुरामा
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानमा सहभागी हुन डडेल्धुरा पुगेका छन् । डडेल्धुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्न देउवा आज त्यहाँ पुगेका हुन् । देउवाले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन स्थानीयबासी पनि उपस्थित भएका छन्