प्रधानन्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाउँदै न्यायाधीश भट्टराईद्वारा राजीनामा
काठमाडौं । न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन् । केही दिनअघि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएर उनी चर्चामा आएका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्टार र रजिष्टारको समेत उपस्थितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष उनले राजीनामा बुझाएका हुन् ।