काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेसलाई पुनः जीवन दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आईतवार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुभेच्छुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।
नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए ।



















