एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी
काठमाडौं । एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उदघाटनपछि सम्बोधन गरिरहेका छन् । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएकाे छ । एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो