काठमाडौँ । प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज राष्ट्रियसभामा टेबुल गरिने भएको छ ।
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो ।
त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।