लुम्बिनी प्रदेश सांसद चौधरी एमालेबाट निलम्बित
काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसमेतको मानहानी गरेको आरोपमा चौधरीलाई निलम्बन गरिएको हो