काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भने । त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।
प्रधानमन्त्री ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिनमात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताए । सातौं साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकालाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।
वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिनमात्रै पनि सेवा गर्छ भने यो नियम लागू गर्नु पर्दछ । र, यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरू २५र२६ लाख युवाहरू बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो रु त्यो छुट्टिदैँन । मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तर्गत उनीहरू बाहिर गएका हुन् फर्किन्छन् । ’