काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल सुरु गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बोलाएको वैठक जारी छ ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा देखिएका छैनन् भने डा. बाबुराम भट्टराई गोरखा जाने कार्यक्रम रहेकाले छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै सामाजिक सञ्जालमार्फत आफ्नो सुझाव दिएका छन् ।
त्यस्तै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुर पाण्डेलगायतको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् । चीन पुगेको भोलिपल्ट चिनियाँ राष्ट्रपनि सि जिनपिङसँग भेट्ने कार्यतालिका रहेको छ ।
त्यही दिन नेपाल–चीन द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने बताईएको छ । यद्यपी प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको क्रममा बीआरआईसम्बन्धी हस्ताक्षर नहुने स्पष्ट पारिसकेका छन् ।