गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध यथावत् राख्ने माओवादीको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ। सिंहदरवारमा सोमबार भएको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए।