काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
काठमाडौंको नक्साल नारायणचौरमा प्रदर्शन गर्ने क्रममा थापासहित केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो।
राजसंस्था पुनरस्थापनालगायतको माग गर्दै राजवादीहरूले अनिश्चितकालीन आन्दोलन जारी राखेका छन्।

























