काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे ल्होत्से हलमा बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाइएको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि संसदीय दलको बैठकको बैठक बोलाएको हो । संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाले सांसदहरूलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पार्ने जानकारी दिए।
बजेट विनयोजनका विषयमा कतिपय सांसदहरूमा भएका अस्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले बताए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले आजको बैठक बोलाइएको हो ।

























