माओवादीबाट छ मन्त्रीको टुंगो
नेकपा (माओवादी केन्द्र) ले छजना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो