राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भरतबहादुर रायमाझीलाई स्पेनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौँ महानगरपालिका–१६ निवासी रायमाझीलाई राजदूतमा सिफारिस गरिएको राष्ट्रपति कार्यालयमा प्रवक्ता मोहनप्रसाद वाग्लेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।