![cWoIf uf}td cled'vLs/0fdf k|b]z kfFr cGtu{tsf :yflgo txdf Pdfn]sf tk{maf6 ljhoL hgk|ltlglwsf nflu d+unaf/ g]kfnuGhdf cfof]lht cled'vLs/0f sfo{qmdnfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_sf sfo{jfxs cWoIf afdb]j uf}td . tl:a/ M gL/h uf}td, g]kfnuGh, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/07/1500970249398_NG_Nepalgunj_250717_2-200x150.jpg)
नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताउनु भएको छ ।
प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्पmत असफल बनाएका छन् भन्नुभयो । “कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आप्mनो दलको कुनै सहमति हुन सक्दैन”, उहाँको भनाइ छ ।
बुधबारसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिनुहुने जनाइएको छ ।

























