चुनावमा कांग्रेस–एमाले सहकार्य सम्भव : रघुवीर महासेठ
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन्। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्न एमाले कांग्रेससँग सहकार्य गर्दै अघि बढ्न