कतारका प्रधानमन्त्री अल-थानीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता, नेपाली नागरिकलाई सुरक्षा दिएकोमा धन्यवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन् । बिहीबार दिउँसो भएको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो र चिन्ता व्यक्त गरिन् ।