नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पनि पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाएको प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । सो प्रकरणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई नै पक्राउ परेका थिए