बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना हुँदा जिप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेलको मृत्यु भएको छ ।
जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको थियो । दुर्घटनाको कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।