मोटरसाइकललाई ठक्कर दिने यात्रु बस जलाइयो
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिएको यात्रु बसमा स्थानीयबासीले जलाइदिएका छन् । रामेछापको मन्थलीबाट काठमाडौं आइरहेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि स्थानीयले लगाएको आगोले वस पूर्णरुपमा जलेको छ