काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिएको यात्रु बसमा स्थानीयबासीले जलाइदिएका छन् ।
रामेछापको मन्थलीबाट काठमाडौं आइरहेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि स्थानीयले लगाएको आगोले वस पूर्णरुपमा जलेको छ ।
घटनाका कारण अहिले बीपी राजमार्गको यातायात पनि प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् एसपी राजकुमार सिलवालका अनुसार बसको ठक्करबाट खोटाङका दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङको हलेसी–तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र खोटाङकै दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।
बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।




















