नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्री, १५ देशका राजदूतसहित ४५ उच्च अधिकारी कन्याममा
इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्र मन्त्री डा आरजू राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आइतबार अपराह्न कन्याम आइपुगेका