कामीरिताद्वारा आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै ३१ औँ पटक सगरमाथाको सफल आरोहण
काठमाडौँ । कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए।