काठमाडौँ जिल्ला अदालतमा महराको बयान सुरु
काठमाडौं, महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि अदालतमा बयान सुरु भएको हो। महराको मुद्दा काठमाडौँ जिल्ला