यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
हिन्दू धर्मावलम्बीहरुको दोश्रो महान पर्व तिहारको रौनकले उल्लास थपेको छ । लक्ष्मीपूजामा घरघरमा लक्ष्मीको पुजा बत्तिको उज्यालो बालेर आराधना गरि मनाइएको कारण काठमाडौं शहर झिलिमिलि बनेको छ ।
लक्ष्मीपुजालाई दीपावलीको साँझको रुपमा समेत मनाइन्छ ।सफासुग्घर र उज्यालो प्रकाशको झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपुजाका दिन हरेक घर र कोठा उज्यालो बनाइन्छ ।