प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल जानुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज बिहान ग्राण्डी अस्पताल जानुभएको हो ।
चिकित्सकहरुले अहिले उहाँको स्वास्थ्य परीक्षण गरिरहेको र अवस्था सामान्य रहेको ग्राण्डी अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गरिएको छ ।
‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको हो, चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको छ, थप परीक्षण भइरहेको छ, बाहिर हल्ला फैलाइएको स्वास्थ्य अवस्था बिग्रिएको वा गम्भीरअस्वस्थ भएको होइन,’अस्पताल