काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यससम्बन्धि जानकारी दिएका हुन् ।
प्रचण्ड ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेपछि सो कुरा ताएका हुन् । दिउँसो २ बजेपछि धापासी पुगेका अध्यक्ष दाहालले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग पनि भेट गरेका छन्। भेटपछि बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए। ‘दुई पटक डाइलाइसिस भइसकेको छ।
चिकित्सकहरुले आजै डिस्चार्ज दिने भनेका छन्’, दाहालले भने, ‘मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ। उहाँले छिटो छिटो समस्या देखिए पनि अहिले ठीक भएको बताउनु भयो।’ अध्यक्ष दाहालका अनुसार डाइलाइसिस सएिकाले चिकित्सकहरुले केही समय आराम गराएर प्रधानमन्त्रीलाई डिस्चार्ज दिने तयारी गरेका छन्।
दुई पटक डाइलाइसिस भइसकेकाले भोलि पर्सीको अवस्था हेरे थप निर्णय लिने जानकारी पाण्डेले दिएको दाहालले बताए। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा केही दिनदेखि गडबडी आएको थियो। ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार ग्राण्डीमा भर्ना गरिएको थियो।