प्रदेश नं ३ का मुख्यमन्त्रीद्वारा आज रङ्गशाला निरीक्षण
हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले