गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो क्षेत्रका सडक बाह्रै महिना सञ्चालनमा ल्याउने गरी स्तरोन्नतिमा जुटेका हुन्