नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ : मन्त्री भट्टराई
फुङ्लिङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य