दुई मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा जाँदै नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस दुई मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा जाने भएको छ । सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा जाने भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उहाँको पक्षमा मतदान गरेको थियो