आज आश्विन शुक्ल नवमीः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ