देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा यातायात सञ्चालन
काठमाण्डौ । यतिबेला देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ । अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ ।