आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो ।