काठमाडौं । मौसमविद्ले पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका अनुसार अब ‘भारी’ वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
विभागले जनाए अनुसार तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको छ । भोलिदेखि वर्षा हल्का हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने विभागले उल्लेख गरेको छ ।
मौसम पूर्वानुमान शाखाले आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो। यता भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।

























