बाढीपहिरो र डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिममा २५ करोड बजेट छुट्याइयो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिनुभयो