एमालेलाई सिध्याउन खोज्ने शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गर्नुभएको छ । उहाँले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताउनुभयो ।