बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा  चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

यहाँस्थित राजापुर नगरपालिका– १० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

मङ्गलवार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो  ।