छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४, रौतहटको परोहा नगरपालिका-८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ चिसापानी बजार र लमजुङको सुन्दरबजार